Logo
Logo

आईसीसी लिग-२ : नेपाली टिमका दुई खेलाडी परिवर्तन


882
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेन्ट्स (यूएई) सँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ ।

ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ भने उनीहरुको स्थानमा गुलसन झा र ललित राजवंशीलाई मौका दिइएको छ । नेपालले आजको खेलमा यूएईलाई हराए शीर्ष ५ मा रहेर आगामी ४ वर्षका लागि ओडीआई मान्यता जोगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्