Logo
Logo

आईसीसी लिग-२ : नेपालका दुबै ओपनर आउट


1.4k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले पाँचौ ओभरमा दुवै ओपनरलाई गुमाएको हो । दोस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको नेपालले पाँचौ ओभरमा कुशल भुर्तेललाई पनि गुमायो ।

आशिफ दोस्रो ओभरको पाँचौँ बलमा आर्यन लाक्राको बलमा बोल्ड आउट भए भने अर्का ओपनर कुशल ४.३ ओभरमा आर्यन अफ्जाल खानको हातबाट एलबीडब्लु धरापमा परे । आशिफ शुन्य र कुशल ८ रनमा पवेलियन फर्के ।

अहिले क्रिजमा कुशल मल्ल ४ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन् ।

प्रतिक्रिया दिनुहोस्