Logo
Logo

लुम्बिनी विकास बैंकको पोखरामा नयाँ एटीएम सञ्चालन



पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप एक एटीएमको उद्घाटन गरेको छ ।

बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटीएम सेवा शुरु गरेको हो । उक्त एटीएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका थिए ।

साथै उक्त कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिलराज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको थप एक नयाँ एटीएमको उद्घाटन भएसंगै बैंकले बिभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्