Logo
Logo

विश्वकप फुटबल खेल्न १६ देश थपिए


2.8k
Shares

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रले सहभागिता जनाउने भएका छन् । फिफा काउन्सिलको गएराति रुवान्डामा बसेको बैठकले विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुर्याउने निर्णय गरेको हो ।

जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन् । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका थिए ।

बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्