काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ । यो लिगअन्तर्गत पीएनजीको अन्तिम खेल हो ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाइ २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

२२ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका भालाले पीएनजीलाई उकासे । चौथो विकेटका लागि चाल्र्स एमिनीसँग ५३ रनको साझोदारी गरेका थिए । यअसघि किप्लिन डोरिगासँग भालाले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे ।
ओपनर डोरिगा २४ र एमिनी २२ रनमा आउट भए भने अर्का ओपनर हिरी हिरी ४ रनमा हजरत विलालको बलमा विकेटकिपर भालथापाबाट क्याच आउट भए । ब्याटर सेसे बाउले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । उनले १५ बलमा ९ रन बनाउँदै क्याच आउट भए ।
यस्तै, गौडी टोकाले १५ रन बनाए । आक्रमक ब्याटिङ गरेका रिले हेकुरेले २२ बलमा ३३ रन बनाएर रन आउट भए । सातौं क्रममा ब्याटिङ गर्न आएका बलिङ अलराउन्डर नोमान भनुवाले ३१ बलमा ४९ रन बनाउँदै अविजित रहे । नवौं ब्याटर चाड सोपर शुन्यमा अविजित रहे ।
यूएईका लागि हजरत विललाले ४ विकेट लिँदै १० ओभरमा ४७ रन बनाए । भने रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।











