Logo
Logo

विधानसभामा लड्डु बाडेपछि भाजपा र आरजेडीका सांसदबीच कुटाकुट



एजेन्सी । भारतको बिहार विधानसभामा भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय जनता दल आरजेडीका सांसदबिच कुटाकुट भएको छ ।

निलम्बनलाई ‘लोकतन्त्रको हत्या’ भन्दै भाजपा सांसद विधान सभा भवनमा विरोध प्रदर्शनमा थिए । त्यही बेला आरजेडीका सांसद केशरी यादव लड्डु लिएर त्यहाँ पुगेका थिए । लड्डु बाँड्दै आरजेडीका सांसद आएको देखेपछि भाजपाका सांसद आक्रामक बनेका थिए ।

भाजपाका सांसदले लड्डुको किस्ती नै फ्याँकिदिएपछि त्यहाँ धक्कामुक्की र हात हालाहाल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आफ्ना नेता लालुप्रसाद यादव, राबडीदेवी र उनकी छोरी मीसा भारतीलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दिल्लीको एउटा अदालतले जमानत दिएको खुसीयालीमा आरजेडी सांसदले लड्डु बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्