Logo
Logo

आईसीसी विश्वकप लिग- २ : पपुवा न्यूगिनीमाथि यूएईको सानदार जित


1.3k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्यूगिनीमाथि सानदार जित निकालेको छ ।

आज (बुधबार) टियू मैदानमा भएको खेलमा यूएईले पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरको हो । पपुवा न्यूगिनीले दिएको दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायो ।

यूएईका लागि कप्तान मोहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओ‌भरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो ।

पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नोरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए ।

बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै रोहन मुस्तफा र जवार फरिदले १र१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्