Logo
Logo

‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ जनकपुर संस्करण हुँदै


- दृष्टि न्युज/संवाददाता


कात्तिक १५, जनकपुर । आइएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण यही कात्तिक २२, २३ र २४ मा आयोजना हुने भएको छ । सन् २०११ मा सुरू भएको देशको पहिलो र एक्लो अन्तर्राष्ट्रियस्तरको साहित्य महोत्सवको यो पहिलो स्थानीय संस्करण हो ।
जनकपुर संस्करणबारे जानकारी दिने उद्देश्यले शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिभल सुरू गरेको केही वर्षदेखि नै आफूहरुलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन थालेको बताए । ‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवद्र्धन गर्ने र ज्ञान उत्पादन एवम् प्रसारणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो,’ बरालले भने, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौँ । अहिले आएर फेस्टिभलको जनकपुर संस्करण आयोजना गर्न पाउँदा औधी खुसी लागेको छ ।’ लामो समय बौद्धिक एवम् राजनीतिक जागरणको केन्द्र रहेको तर त्यो अहिले त्यो छवि गुमाउँदै गएको जनकपुरमा साहित्य महोत्सव आयोजना गरेर यसको पुनरूत्थानमा सहयोग पु¥याउनु आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए । ‘त्यही पाटोलाई उजागर गर्न फेस्टिभल आयोजना गर्न लागिएको हो । विगतको राजनीतिक अन्योलता एवम् अस्थिरताका कारण जनकपुरको नकारात्मक छवि स्थापित भएको थियो,’ उनले भने, ‘तर अहिले जनकपुरमा तीव्र गतिमा धेरै परिवर्तन भइहरेका छन् । ती परिवर्तनलाई हामी यसै फेस्टिभलमार्फत देखाउन चाहन्छौं ।’ साथै साहित्यक पर्यटनमार्फत जनकपुरको प्रवद्र्धन गरी आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु पनि फेस्टिभलको उद्देश्य रहेको उनको भनाइ छ । साहित्यसँग पुरानो पुस्ताका जनकपुरवासीको गहिरो रुचि भए तापनि अहिले युवा पुस्ता साहित्यबाट विमुख हुँदै गएको र तिनीहरुलाई साहित्यतर्फ आकर्षित गर्न पनि फेस्टिभल आयोजना गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको उनले बताए ।
तीन दिन चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महङ्खवपूर्ण विषयमा छलफल हुनेछन् । फेस्टिभलको मुख्य प्रवचन विद्वान् प्रदीप गिरीले दिनेछन् । जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने उक्त प्रवचनमा गिरीले जनकनन्दिनी सीतामाथि विचार राख्नेछन् ।
‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक÷पत्रकार सुधीर शर्मासँग बहस गर्नेछन् । ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले उक्त सत्र सञ्चालन गर्नेछन् । ‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्वपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा चर्चापरिचर्चा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्