Logo
Logo

‘ए’ डिभिजन लिग : आर्मीमाथि एपीएफको जित


693
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागाीय डर्बीमा एपीएफले जित हात पारेको छ । आज (बुधबार) च्यासल मैदानमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा मनिकुमार लामाले गरेको गोल नै निर्णायक बन्यो । खेलको ३७ औं मिनेटमा विपन श्रेष्ठको क्रस मनिकुमार लामाले उत्कृष्ट फिनिसिङ दिदै टोलीलाई अग्रता दिलाए । सोही गोलले एपीफएले आमीलाई हरायो ।

जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्