Logo
Logo

त्रिवि मैदानमा प्रहरीद्धारा लाठीचार्ज


882
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्नेछ । खेल हेर्न आएका समर्थकहरूको त्रिवि क्रिकेट मैदान बाहिर भिड छ ।

बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाइएपछि खेल मैदानमा पुरैमा भिड लागेको हो । मैदानभित्र र बाहिर हजारौँ सख्यामा दर्शकहरु उपस्थित भएका छन् । क्यानले बुधबार नै ११ हजार टिक बिक्री गरेको थियो ।

समर्थकहरुले टिकट बिना भित्र छिर्न खाजेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्