Logo
Logo
विश्वकप लिग-२

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता, युएईका कप्तान मोहम्मद वासिम आउट


1.8k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो ।

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ । उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको हो ।

प्रतिक्रिया दिनुहोस्