काठमाडौं । नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको हो । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ ।
कीृितपुरस्थित टियु खेल मैदानमा जारी खेलमा पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भएका छन् । जुनाइद सिद्धिकिको बलमा आर्यन लक्राबाट क्याच भएपछि उनी आउट भएका हुन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो ।
यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध यही मैदानमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो ।











