Logo
Logo

कीर्तिपुर मैदानमा उर्लिए क्रिकेट प्रेमी (फोटोफिचर)


2k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल र युएई खेलिरहको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले नेपाललाई तीन सय ११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार बनाउँदासम्म नेपालको लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।

खेल हेर्न हजारौं दर्शकहरू यतिबेला कीर्तिपुर पुगेका छन् । टिकट काटेर बसेकाहरू बिहान ७ बजेदेखिनै मैदानमा पुगेका थिए । मैदान भित्र र बाहिर ठूलो भिड छ । सुरक्षाकर्मीलाई सुरक्षा दिननै कठिन अवस्थाछ । धेरै पटक समर्थक गेट तोडेर मैदान प्रवेश गरि सकेका छन् । केहि दर्शक पर्खाल नाघेर मैदान छिरेका छन् ।

देशभरको कुनाकुनाबाट दर्शकआएपछि पुरै भोरिएको छ । दर्शकहरु टियुमैदानमा पञ्चेबाजा, नेपालको झण्डा, ब्यानर, बाजागाजासहित मैदान आइपुगेका छन् । मैदान भित्र लगभग पुरै भोरिदा बाहिर पनि त्यतिनै समर्थक छन् । बुधबार नै ११ हजार टिकट बिक्री भएको थियो । त्यसैले बिहान देखिनै टिकट बेचिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्