Logo
Logo

घानामा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु



फाइल फाेटाे

एजेन्सी । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुंगा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन् ।

उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएको बताएका छन् । आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन् । उद्धारकर्ताहरूले अझै बाँचेकाको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्