
काठमाडैं । नेपालका पूर्व कप्तान पारस खड्कासम्मिलित टिम एसियन लायन्स लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ ।
सोमबार राति कतारको दोहास्थित वेष्ट इन्ड पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वर्ल्ड जायन्ट्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४७ रन बनाएको थियो ।
१४८ रनको लक्ष्य एसिया लायन्सले १६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । एसिया लायन्सको जितमा उपुल थरङ्गाले ५७ र तिलकरत्ने दिलशानले ५८ रन बनाएका थिए ।
मोहम्मद हफिज र मिसबाह उल हक समान ९ रनमा अविजित रहे । वर्ल्ड जायन्ट्सका समित पटेल, ब्रेट ली र मोन्टि पेनिसरले एक एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको वर्ल्ड जायन्ट्सका ज्याक कालिसले अविजित ७८ रन बनाए । रोस टेलरले ३२ रन बनाउँदा लिन्डल सिमोन्सले १७ रन बनाए । एसिया लायन्सका अब्दुर रजाकले २ तथा थिसरा परेराले १ विकेट लिएका थिए ।
फाइनलमा पारसले प्लेईङ–११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने मौका पाएनन् ।