Logo
Logo

एम्बाप्पे फ्रान्सेली फुटबल टोलीको कप्तान नियुक्त



एजेन्सी । केलिएन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तान नियुक्त भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पेलाई नयाँ कप्तानको जिम्मेवा्री दिइएको हो ।

फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेल नेदरल्याण्डसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्