काठमाडौं । भोलि (बुधबार)देखि दशरथ रङ्गशालामा सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आज (मंगलबरा) २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टिममा सातजना नयाँ अनुहार समेटिएका छन् । नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेका हुन् ।
गोलकिपर अभिशेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा र नवीन लामा तथा फरर्वार्डहरु सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।
नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् ।
नेपाली टिम
गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल
डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।
मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।
फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।











