Logo
Logo

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान


1.9k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद र सम्मान पत्र प्रदान गरीएको हो ।

नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाई सम्मान गरेको हो ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन अहोरात्र खटिने बताए । मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उनले बताए ।

गृह जिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घ÷संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् ।

नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्