Logo
Logo

साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै


945
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ ।

नेपालले आफ्नो दोस्रो खेल भुटानसँग ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा खैल्न लागेकाे हाे । खेल नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने बाध्यात्क अवस्था छ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।

रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू-१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्