Logo
Logo

एक दिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा उक्लियो 



काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा उक्लिएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै  १५ औं स्थानमा उक्लिएको हो।

ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो । नेपालले ४० खेलबाट १२३८ अंक पाएको छ । रेटिङमा नेपालले  ३१ अङ्क पाएको छ । ओमानले ३० खेलबाट ९१९ अङ्क पाउँदा  रेटिङमामा नेपालकै जति ३१ अङ्क पाएको छ। 

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा एक महिनामा नेपालले १२ खेलमा ११ खेल जितेपछि १९औं स्थानबाट १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको हो ।  

नेपाल भन्दापछि ओमान १६ औं, नामिबिया १७औं, अमेरिका १८औं, युएई १९ औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् ।

भारत पहिलो ,अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सतौँ, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं, अफगानिस्तान दशौं र आयरल्यान्ड ११ औं स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्