Logo
Logo

आईएमई मोटर्स र नबिल बैंकबीच सम्झौता


441
Shares

काठमाडौं । नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनैपनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्