Logo
Logo

बिवाइडीको विद्युतीय गाडी किन्न प्रभु बैंकको सस्तो कर्जा



काठमाडौं । नेपाल–बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता साइमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ ।

यो सम्झौतासँगै बैंकले ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्नेछ । साइमेक्स इंक प्रालिका प्रमुख वित्त अधिकारी मेमन धौगाडाले प्रभु बैंकसँगको यस साझेदारीले विद्युतीय सवारीलाई नेपालमा उपभोक्तामाझ थप पहुँचयोग्य बनाउन मद्दत गर्ने बताए ।

यस्तै प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले यस सहकार्यपश्चात प्रभु बैंकका ग्राहकले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बताए ।

उक्त कर्जा पाँच वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान बैंकले गरेको जनाएको छ । ग्राहकहरुले इलेक्ट्रिक एसयुभी बिवाइडी अट्टो १२ लाख ९८ हजार र बिवाइडी अल न्यू इसिक्स मात्र ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्