
काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगरले विजयी सुरुवात गरेको छ ।
विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निकै रोमाञ्चक रहेको खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा विराटनगरका अशिष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
सुरुदेखि नै विराटनगरलाई दबाबमा राखेको पुलिसको अतिरिक्त समयको अन्तिम समयमा रक्षा गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
पुलिसले ३७ औँ मिनेटमा प्राप्त गरेको कर्नरलाई गोलमा परिणत गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् ।
विराटनगरले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र जाउलाखेलबीचको विजेतासँग खेल्नुपर्नेछ ।











