Logo
Logo

प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसीप कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसीपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आलेमगरले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक आले मगरले लिडरसीप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली ट्रेनर मीनबहादुर घलेको लिडरसीप सेसन कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको थियो । ट्रेनर घलेले व्यवहारिक तरिकाले व्यावसायिक वृद्धिका सुत्र दिएका थिए । अभिकर्ताहरुको व्यावसायिक जीवनका आयाम र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसीप सेसनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्