Logo
Logo

मुक्तिनाथ विकास बैंकका चार सामाजिक कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चार ठाउँमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत महिनाभित्रमै चार ठाउँमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू गरेको हो ।

बैंकले पोखरा महानगरपालिकाको ढलेपीपलमा रहेको भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन हस्तान्तरण गरेको जनाएको छ । त्यस्तै, ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्नेसम्बन्धी जनचेतनामूलक सन्देशमूलक बोर्डहरू हस्तान्तरण गरेको जनाइएको छ ।

साथै, घोराही उपमहानगरपालिकाको तेरोटे मारहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई सिसिटिभी क्यामरा जडानका लागि सहयोग गरेको तथा विदुर नगरपालिकाको पीपलटारमा खानेपानीको समस्या समाधान गर्न पीपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको जनाएको छ ।

यस प्रकारका सामाजिक क्षेत्रमा गरिएको सहयोगबाट सेवा प्राप्त क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्