Logo
Logo

अस्ट्रेलियाको सरकारी उपकरणमा टिकटक प्रतिबन्ध



एजेन्सी । अस्ट्रेलियाले सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाएको छ । संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको भिडियो शेयरिङ ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो ।

देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले जनाएका छन् । साथै उनले यो प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् ।

यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले यो एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ ।

चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ ।

न्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्