
जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक आज (सोमबार) बस्स्ने भएको छ । करिव दुई महिनापछि सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको हो ।
फागुन ४ गतेपछि प्रदेशसभा बैठक बोलाइएको थिएन । सरकारले बिजनेस नदिँदा र राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचनले प्रदेशसभा बैठक बोलाइएको थिएन ।
आजको बैठकमा दुईवटा कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार आाजकाो बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धि विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने कार्य सूची रहेको छ । बक्यौता रकम छानबिन गरि भुक्तानी प्रक्रिया अगाडि बढाउन उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । तर, उपसभामुखले गत फागुन १८ गते राजीनामा दिएका थिए ।
त्यसपछि संसदमा प्रतिनिधित्व गरेका सम्पूर्ण दलले सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी लोसप सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । समितिले छानबिन गर्न नसकेको भन्दै समय थपको माग गरेको छ ।
यस्तै, मधेस प्रदेशसभाको पहिलो कार्यकालमा पास हुन नसकेको खेलकुद ऐन पुनः प्रदेशसभामा लैजाने तयारी गरेको छ । यसअघि सो विधेयक तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको सरकारले प्रदेशसभामा लगेको थियो । तर, उक्त विधेयक लामो समयदेखि प्रदेशसभामा रहे पनि अन्य प्रकृया अगाडि बढेको थिएनन् । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा रहेको उक्त मस्यौदालाई ल्याएर पुनः मन्त्रिपरिषदबाट स्वामित्व लिई प्रदेशसभामा पठाउने तयारी छ ।











