Logo
Logo

मुख्यमन्त्री पोखरेलको दाबीः विष्णु रिमाल प्रधानमन्त्रीको टिमबाट हट्दैनन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबै सल्लाहकार परिवर्तन गर्न लागेको बताइएको बेला प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको टिमबाट विष्णु रिमाल नहट्ने बताएका छन् । रिमाल ओलीका प्रमुख सल्लाहकार हुन् ।


पोखरेलले रिमाल हट्ने कुरा हल्ला मात्र भएको बताएकाछन् । उनले फेसबुकमा लेखेका छन्,‘ प्रमको समृद्ध नेपाल, सुखी नेपाली अभियान’ का भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’
कतिपयले भने रिमाजलाई नहटाउन दबाब दिनका लागि पनि मुख्यमन्त्री पोखरेलले यस्तो स्टाटस लेखेको आँकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्