Logo
Logo

कृषि सामाग्रीका प्रबन्धक र गुप्तचरका कर्मचारी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ कात्तिक ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका दुई कर्मचारी पक्राउ परेका छन् ।

जनकपुरमा बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले गरेको छानबिनमा उक्त कार्यालयको गोदाममा मौज्दात रहेको धानको लिलाम प्रकृया अगाडि बढाईएको कागजात रहेको तथा गोदाम खाली गरी लिलाम भएको भनिएको धानको नगदी रसिद समेतबाट दाखिला गरेको नदेखिए पश्चात् उक्त कार्यालयका स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको ६८ रकमसहित शाखा प्रबन्धक आलोक कुमार र रामबाबु महतोलाई पक्राउ गरेको हो ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि घुससहित समातिएका छन् । सप्तरीमा कार्यरत सूचक धर्मेन्द्र कुमार झा ६ हजार घुससहित पक्राउ परेका हुन् । तस्करीमा सहयोग गर्ने भन्दै उनले घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्