काठमाडौं । कोशी नाम प्रदेशविरुद्धको आन्दोलनमा सक्रिय साहित्य सर्जक भद्रगोल किरातीलाई प्रहरीले पक्राउ गरेपछि चौतर्फि विरोध भएको छ । शनिवार ललितपुरको सातदोबाटोस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं १ को नाम कोशी राखिएपछि किराती साहित्यिक क्षेत्रबाट सशक्त ढंगले लाग्दै आएका थिए । सुक्रबार किरातीले काठमाडौंस्थित सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय नजिकै कोशी नामविरुद्ध कविता वाचन र कोशी नाम लेखिएको प्ले कार्ड जलाएका थिए ।
इतिहास, पहिचान, भूगोल र संस्कृतिको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने, पहिचानको आन्दोलनमा मारिएका सहिद लाजेहाङको सम्मानको लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय नजिकै ‘श्री ३ महाराजका भेडाहरु’ शीर्षकको कबिता वाचन गरेका थिए । किरातीको कबिता पहिचान विरोधी कोशी नाम राख्ने विभिन्न पार्टीका र्शीर्ष नेताहरु र बुझेर, नबुझेर हस्ताक्षर दिने प्रदेश सांसादहरुलाई ब्याङ्य गरिएको छ ।
किरातीले सोही कविता चैत्र २ गते १ नं. प्रदेश सभाको गेट अगाडी आयोजित ‘पहिचानको लागि सडक साहित्यिक यात्रा-२०७९’ र ५ गते विराटनगरमा भएको बृहत जनप्रदर्शनमा पनि वाचन गरेका थिए ।
चैत्र २ गते १ नं. प्रदेश सभाको गेट अगाडी आयोजित ‘पहिचानको लागि सडक साहित्यिक यात्रा-२०७९’को उद्घाटन कार्यक्रममा साहित्यकार तथा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, पत्रकार संजय याक्खालाई प्रहरीले पक्राउ गरेर केही घण्टा राखेका थिए ।
किरात राई लेखक संघ र याक्थुङ लेखक संघको संयुक्त आयोजनामा भएको ‘पहिचानको लागि सडक साहित्यिक यात्रा—२०७९’को योजना स्वयम भद्रगोल किरातीले ल्याएका थिए । सो साहित्यिक यात्रा प्रदेश १ को १४ जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि गर्ने घोषणा गरिसकेका छन् ।
सोलुखुम्बु जिल्ला (ख)बाट निर्वाचन जितेर प्रदेश सरकारको रामाजिक विकास मन्त्री बनेका बुद्धिकुमार राजभण्डारी काठमाडौं उपत्यकास्थित घरमा चैत्र ३० गते कालो झण्डा गाड्नुको साथै नारा जुलुस भएको थियो । प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको कार्यक्रम अनुसार भएको कालो झण्डा गाड्न किराती लगायतको नेतृत्व रहेको थियो ।
चैत्र ३० गते मन्त्री भण्डारीको घरमा कालो झण्डा राखेको र बैशाख १ गते सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय नजिकै कोशी प्रदेश नामविरुद्ध कविता वाचन गरेको अभियोगमा प्रहरीले आइतबार अपरान्ह करिव १२ बजे भद्रगोल किरातीलाई डेराबाटै पक्राउ परेका छन् ।
उनलाई पक्राउ परे लगतै चौतर्फी विरोध भइरहेको छ । भद्रगोल किरातीको तुरुन्त रिहाइको माग गर्दै देशलाई भिडन्ततिर लानुभन्दा कोशी नाम खारेजी गरेर शान्ति र संमृद्धितिर लाग्नुपर्ने पहिचान पक्षधरका नेताहरुको भनाई छ ।
किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, महासचिव भीम राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, महासचिव निरन्ति तुम्बापो लगायत देश विदेशबाट समाजिक सञ्जाल मार्फत निसर्त रिहाइ गर्न माग गरिएको छ । उनीहरुले समस्य समाधानतिर लाग्नुभन्दा बिभिन्न बहानामा आन्दोलनकारीलाई दमन गरेर भिडन्ततिर लान खोजिएको समेत बताएका छन् ।











