Logo
Logo

‘ठीक ढंगले काम गर्न सक्यौं भने सम्हाल्न नसकिने स्थिति आउन सक्छ’


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिको बेलामा जस्तोगरी काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री, मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको जस्तो गरी सोेचेर काम गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

शनिबार नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिनेगरी काम गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले भने, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो वडाध्यक्ष नै होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ ।’

उनले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने बताउँदै भने, ‘हामीले ठीक ढंगले काम गर्न सक्यौं भने अबको ३÷४ महिनाभित्र फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने स्थिति पनि आउन सक्छ ।’

पुरानो जति सडेगलेको र नयाँ जति राम्रो भन्ने भ्रममा नपर्न समेत उनले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । ‘अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ’ उनले भने, ‘त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरुलाई हटाएर सबै वडा सम्मेलनहरु गर्नुप¥यो ।’

प्रतिक्रिया दिनुहोस्