Logo
Logo

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २५ जनाको मृत्यु



एजेन्सी । सुडानमा सरकारी सेना र अर्धसैनिक बलबीच लडाइँ हुँदा २५ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल (आरएएफ) र सेनाबीच हिजो शनिबारदेखि हमला सुरु भएको हो ।

उक्त हमलामा अरु १ सय ८३ जना घाइते भएका छन् । दुवै पक्षले राजधानीलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गरिहेका छन् । खार्तुममा विमानस्थल र सडक बन्द भएका छन् ।

अवस्था अत्यन्तै नाजुक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको छ ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । तर, सेनाले उक्त दाबी अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

सुडानमा सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्