
काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएका ती महिलाको आइसियूमा उपचार भइरहेको थियो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।











