काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख तेस्रो साता भारत जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरू भएको छ ।

स्रोतका अनुसार केही दिनअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएका छन् ।
गत पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।











