Logo
Logo

समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : पूर्वमन्त्री पौडेल


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यस बर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै आफु शिक्षा मन्त्री हुँदा छपाई गर्ने मेशिन, कागज लगाएतका समाग्री समयमा नै व्यवस्थापन गर्नका लागि ध्यान केन्द्रीत गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन् ।

उनले तत्कालिन अवस्थामा चार वटा नयाँ मेशिन किनेको र प्रशासनिक सुधारका साथै ढूवानीको समस्या समाधान गरिएको दावी गरे । १० बर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनले बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार देखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्