Logo
Logo

परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ


3.3k
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

शीतल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् ।

साउद कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिचिने साउद यसअघि सिँचाइमन्त्री समेत बनेका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले प्रचण्ड नेतृत्को मन्त्रिपरिषद्‍मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाएका हुन् । वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहँदा साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो । तर, सरकारले पूर्णता पाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्