Logo
Logo

रविका समर्थकद्वारा युवराज सफलमाथि दुर्व्यवहार


1.4k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’माथि दुर्व्यवहार भएको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् ।

युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । एक प्रहरी अधिकृतका अनुसार आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् ।

उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे ।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो ।

त्यहिबेला पठाओ चढेर प्रहरी कार्यालयमा पुग्नासाथ रविका समर्थकले सफललाई दुर्व्यवहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । प्रहरी अधिकृतहरूले आक्रमण प्रयास भएपछि सफललाई त्यहाँबाट पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्