Logo
Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या


4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएको छ । भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको अध्यक्ष ओलीको फेशबुकमार्फत जानकारी गराइएको छ ।

उनले भनेका छन्- ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’

स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘तनहुँ- १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा-२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन-२ र बारा-२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने र तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्