Logo
Logo

भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


315
Shares

भक्तपुर । भक्तपुरमा ढल खन्नेक्रममा माटो ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्नेक्रममा दुई जना कामदार पुरिएका थिए ।

माटोको ढिस्कोले पुरिएकामध्ये सुनसरी गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय नितेश सदाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

उद्धार गरी घाइतेलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो । घाइतेमध्ये सुनसरी गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षका सियाराम सदाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरी वृत्त ठिमीका अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्