
काठमाडौं । दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका एक सहायक हवल्दारले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
ड्युटीमा खटिएका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीनिवासी सहायक हवलदार ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिन पहिले मात्रै आएका थिए । ड्युटीमै रहेका केसीले आफैँलाई गोली हानेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केसी यसअघि ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए।











