Logo
Logo

विभिन्न सामाजिक कार्य गरी मनायो सिटिजन्स बैंकले १७औं वार्षिकोत्सव



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै, बैंकको कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बैंकले आवश्यक औषधिसमेत निःशुल्क वितरण गरेको थियो ।

यस्तै, बैंकले स्नो याक फाउन्डेशनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गराएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ६२ अर्व रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रहेको छ । यसै अवधिमा बैंकले करिब १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्