Logo
Logo

प्रभु बैंक, आरएण्डडी इन्नोभेटिभ र इनफिकेयरबीच कृषि कर्जामा लगानीसम्बन्धी त्रिपक्षीय सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड, आरएण्डडी इन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबीच किसानलाई सुलभ बित्तीय कर्जा उपलब्ध गराउने विषयमा शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा आरएण्डडी इन्नोभेटिभ सोलुशनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालिका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार किसानलाई सहज ढंगले वित्तीय कर्जा उपलब्ध गराउन प्रभु बैंक, आरएण्डडी इन्नोभेटिभ सोलुशन र इनफिकेयरबीच त्रिपक्षीय सम्झौता भएको र साझेदारीको मुख्य उद्देश्य किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।

समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालय, ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंकले उक्त सम्झौताअनुरुप किसानलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्