Logo
Logo

हिमालयन बैंकको पाँच लाख आर्थिक सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले ललितपुरको हाँडीगाउँमा रहेको नशारहित समाज नेपाल (उपचार केन्द्र)लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रको बहुउद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग रकमको चेक बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेको जनाइएको छ ।

देशका युवाहरू मदिरा तथा विभिन्न लागुपदार्थको कुलतमा फस्ने र यस कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधहरूमा पनि फसाइरहेको समस्यालाई समाजबाट हटाउन बैंकले उक्त संस्थालाई सहयोग गरेको जनाइएको छ ।

संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागुपदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकालाई यस कुलतबाट छुटकारा पाउन मद्दत गर्दै आएको बैंकले जनाएको छ । केन्द्रले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा सहयोग गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्