Logo
Logo

प्रभु बैंक र सौभाग्य हस्पिटलबीच आकर्षक छुट सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र धनगढी–२ कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेशराज जैसीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार प्रभुमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावले सौभाग्य हस्पिटलद्वारा सञ्चालित ओपिडी परीक्षण सेवामा १५ प्रतिशत साथै प्याथोलोजी, एक्सरे, युएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु÷एन्आइसीयु सेवामा १० प्रतिशत छुट पाउने छन् ।
उक्त सम्झौताअन्तर्गत सौभाग्य हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभुको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा सौभाग्यका सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको जनाइएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्