काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरका आन्दोलनकारीलाई आतंककारीको संज्ञा दिएका छन् । बिहीबार पार्टीको मिसन ग्राँसरूट लेभल अभियानको क्रममा इलाम पुगेका ओलीले यस्तो संज्ञा दिएका हुन् ।

बुधबार दिउँसो झापामा कार्यक्रमका लागि हिँडेका ओलीलाई पहिचानपक्षधरहरुले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । त्यस क्रमममा प्रहरीले पहिचान पक्षधरका दुईजना प्रदर्शनकारीलाई पक्राउ समेत गरेको थियो ।
उक्त घट्नाबारे एमाले अध्यक्ष ओलीले हिंसात्मक, आतंककारी, विद्वेषकारी, साम्प्रदायिक, अराजनीतिक, उदण्ड, राष्ट्र विपरितको कृयाकलाप भएको पनि बताए । ‘हिजो ती ढुंगामुढा गर्ने, ज्यानमार्ने उधोग गर्ने । एकजना इनिस्पेक्टरको टाउकोमा सत्र टाका लाग्यो । के गल्ति गरेको थियो उनले ? आफ्नो ड्युटीमा खटिरहेका थिए । न उनीहरुसँग दुस्मनी छ । कोशी नाम राख्यो कि, मेची राख्यो कि, सगरमाथा राख्यो कि, कर्णाली राख्यो कि, गण्डकी राख्यो कि न उसलाई मतलव छ, जागिर खाएर ड्युटीमा भएकाहरुको टाउको फुटाइदिने आतंककारीहरुले’, ओलीले भने ।
यस्तै ओलीले कोशी प्रदेशको नाम ठीक भएको बताए । ‘कोशी प्रदेश सभाले कोशी प्रदेश नामाकरण ग¥यो, म कोशी प्रदेश सांसद पनि होइन । अनि म आफ्नो भ्रमणमा हिँडिरहेको छु, कार्यक्रममा हिँडिरहेको छु, जनता भेटिरहेको छु,’ उनले भने, ‘कसलाई टाउको किन दुख्ने ? जहाँसम्म कुरा छ कोशी प्रदेश ठीक थियो कि थिएन, यो बिल्कुल ठीक थियो । यो साझा नाम हो, सबैका लागि छ। यसलाई एउटा अर्को भन्ने कुरै छैन ।’
कोशी नाममै सबै जातजातिहरू समेटिने भएकाले यसलाई इगोको विषय बनाएर विवाद उत्पन्न गर्न नहुने ओलीको भनाई छ । ‘कोशी भित्र दाँफेमुनाल समेटिन्छ, मयुर समेटिन्छ, शेर्पा–लेप्चा, तामाङ-भोटे, खोँच हिमाल, राजवंशी, थारू तिनीहरू पनि समेटिन्छन् । त्यसकारण यसलाई इगोको विषय बनाउने होइन,’ उनले भने, ‘सबैका निम्ति साझा के हुनसक्छ भनेर कोशी प्रदेशले बनायो ।’ कोशी प्रदेशको नामबारे विरोध गर्नुपर्ने कुनै कारण नभएको र यदी असहमति नै भए चुनाव जितेर आइ परिवर्तन गर्न समेत उनले बताए ।
पहिचानपक्षधरहरूले यस प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । यसक्रममा प्रहरी र उनीहरूबीच पटकपटक झडप समेत भएको छ । जसमा पदम लिम्बु ‘लाजेहाङ’ को निधन भएको छ । उनलाई संघीय सरकारले शहीद घोषणा गरिसकेको छ ।
यो पनि पढ्नुहोस्











