Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनी दंग



काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले २०७४–७५ सम्मको संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५८ करोड (पारित १८ प्रतिशत बोनस सहित) पुगेको छ । त्यसै गरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु.९ अर्ब ७७ करोड पुगेको छ भने शेयरधनी कोष रकम रु. २४ अर्ब ८७ करोड पुगेको छ । यस बैंकको शेयरधनी कोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले आव २०७४–७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू. १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर रू.१ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एनपिए) अनुपात १.३६ प्रतिशत रहेको छ ।
बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले उपत्यका भित्र र बाहिर गरी १६ वटा नयाँ शाखाहरु बिस्तार गरेको छ भने एस डेभलप्मेण्ट बैंक लि.को प्राप्तिपछि एकै क्षेत्रमा रहेका केही शाखाको स्थानान्तरण पनि गरेको छ । विस्तारित शाखा सहित बैंकले काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सुविधा तथा १०९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।
त्यस्तै यही वर्ष बैंकको सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट लि. र साविक एस क्यापिटल लि. एकआपसमा गाभिई नेपालको सबैभन्दा बढि रु.२७ करोड चुक्ता पूंजी भएको मर्चेन्ट बैंकरको रुपमा एनआईबिएल एस क्यापिटल लि. स्थापित भएको छ साथै आफ्ना उपलव्ध सेवाहरुलाई सुलभ एवं सहज बनाउन उपत्यका भित्र लालदरवार र लगनखेल तथा उपत्यका बाहिर पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगरमा पनि शाखा विस्तार गरिसकेको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।
यसवर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटिएम र पस (पिओएस) मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिन्छ ।
बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको इनभेष्टमेन्ट बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनि नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट ‘युरोमनि अवार्ड फर एक्सिलेन्स वेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ‘ए’बाट ‘ए प्लस’ ल्याई स्त्तरोनन्ति गरेको छ ।

सातै प्रदेशमा इन्भेष्टमेन्ट बैंकको प्रादेशिक कार्यालय
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरत तवरले काम गर्न हजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।
जसअन्र्तगत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगर, प्रदेश नं.२ कोे वीरगञ्ज, प्रदेश नं.३ को नारायणचौर नक्साल तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगर र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ । प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, ४¬ (गण्डकी प्रदेश), ६ (कर्णाली प्रदेश) र ७ ले ६ वटा शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्यसम्पादनमा समन्वय गर्ने छ ।
बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्