Logo
Logo

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईँले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने– ‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाईँ हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौं र निरन्तरता दिऔं ।’

प्रभु लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले सम्बोधन गर्दै जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तव्यका बारेमा प्रष्ट पारे । कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच–पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईँ, नायब महाप्रबन्धक मगर, सहायक महाप्रबन्धक प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगतनाथ फँुयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरेलगायतको उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बिपी रेग्मी लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेका थिए । ट्रेनर रेग्मीले व्यवहारिक तरिकाले व्यावसायिक वृद्धिका सूत्रहरु दिनुका साथै बीमा मध्यस्थकर्ताहरुको व्यावसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्