Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको भक्तराज आचार्य संगीत प्रतिष्ठानसँग सहकार्य



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८० वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ प्रदान गरियो । सो सम्मान गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार रु ५० हजार एकसहित प्रदान गरिएको छ ।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्तरुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही वर्षयतादेखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्