Logo
Logo

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’



काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चालनमा ल्याएको छ । उच्चतम ब्याजदर र तीनवटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमावापत एक लाख रुपैयाँ, दुर्घटना बिमावापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमावापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन् ।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ । महिनामा पाँच पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ७.४० प्रतिशतको उच्च ब्याजदरसमेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागि ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्ने छ ।

दैनिकरूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्