काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले अमरेशविरुद्ध सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

ठाकुर कांग्रेस नेतृ आरजु राणा देउवा निकट मानिन्छन् । उनलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
उजुरीमा कांग्रेस राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन् । त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी गरिएको छ ।
उनलाई सर्लाहीबाट आर्थिक चलखेलले पटक-पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप लगाइएको छ ।
सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका अमरेशले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेर विरोध समेत गरेका थिए ।
उनले बैठकमा सभामुख देवराज घिमिरेले भ्रष्टाचारविरुद्ध आवाज उठाउन रोक लगाएको भन्दै सिंह अर्धनग्न भएका हुन् ।




यो पनि पढ्नुहोस्











